दक्षिण कोरियामा अशोकलाई कांस्य
सोमबार, २२ असोज २०८०, १८ : २५
काठमाडौँ । नेपालका भेट्रान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । दक्षिण कोरियामा आइतबार सम्पन्न उक्त च्याम्पियनसिपमा अशोकले सिनियर ४० वर्षमुनिको स्पर्धामा कांस्य पदक जितेका हुन् ।
उक्त स्पर्धामा फ्रान्सका खेलाडीले स्वणर् र अस्ट्रेलियाका खेलाडीले रजत पदक हात पारे । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले खेलाडीका रुपमा पनि पदक जित्दै आएका छन् ।
खेलाडीका रुपमा उनले पछिल्लो पटक सन् २०१७ र सन् २०१८ को अस्ट्रेलियन ओपनको पुम्सेमा स्वर्ण पदक जितेका थिए । उनी पुम्से, ग्यारोगी र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण