‘नागिन’ की अभिनेत्रीकी बहिनीको हमासद्वारा इजरायलमा हत्या
मुम्बई । इजरायल र हमास चरमपन्थीबिच युद्ध जारी रहँदा भारतीय टिभी शो ‘नागिन’ की अभिनेत्री मधुरा नायकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् ।
उनले आफ्नो बहिनी ओडाया र उनका श्रीमानलाई आफ्ना छोराछोरीको अगाडि मारिएको बताए । मधुराकी बहिनी र जेठाजु इजरायलमा बस्थे । अभिनेत्रीले अक्टोबर ७ अगाडी आफ्नो मृत्युको खबर पाएको बताइन् ।
भिडियोमा मधुराले भनिन्, ‘म भारतीय मूलकी यहुदी महिला मधुरा नायक हुँ । भारतमा हामी ३ हजारमात्र बाँकी छौँ। अक्टोबर ७ भन्दा एक दिन हाम्रो परिवारले छोरी र छोरा गुमायो । मेरो कजिन ओडाया र उनको श्रीमानलाई उनीहरूका दुई छोराछोरीको अगाडि निर्ममतापूर्वक मारिएको थियो। म र मेरो परिवारले भोगेको पीडा र भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ।’
मधुराले थप भनिन्, ‘आज इजरायल पीडामा छ । हमासको आगोमा बालबालिका, महिला र वृद्धहरू जलिरहेका छन् । हिजो मैले मेरी बहिनी, उनका श्रीमान् र बच्चाहरूको तस्बिर सेयर गरेँ, ताकि संसारले हाम्रो पीडा देखोस्।
प्यालेस्टिनीहरूले कसरी प्रचार गरिरहेका छन् भन्ने देखेर म अचम्मित छु। म यहुदी भएकोले लज्जित भएँ। अपमानित र निशाना पनि बनाइयो । म यति मात्र भन्न चाहन्छु कि आत्मरक्षा भनेको आतङ्कवाद होइन । म कुनै पनि तर्फबाट कुनै पनि किसिमको हिंसालाई समर्थन गर्दिनँ भन्ने कुरा फेरि स्पष्ट गरौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण