विप्लवको चेतावनी : माओवादी नेताहरूलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध हुन्छ
बुधबार, २४ असोज २०८०, १६ : ३२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् ।
समाजवादी मोर्चाले बुधवार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका हुन् ।
‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबैलाई बढारेर लैजान्छ’, उनले भने ।
आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम