केही दिनको अन्तरमा अफगानिस्तानमा दोस्रो शक्तिशाली भूकम्प
बुधबार, २४ असोज २०८०, १७ : ०२
काबुल । केही दिनको अन्तरमा अफगानिस्तानमा दोस्रो शक्तिशाली भूकम्प गएको छ । अलजजिराका अनुसार हेरात प्रान्तको राजधानीमा बुधबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट हालसम्म २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको सञ्चारमाध्यमले उल्लेख गरेको छ । पछिल्लो भूकम्पको क्षतिबारे विस्तृत विवरण आएको छैन । यद्यपि, हेरात प्रान्तका गभर्नरले नजिकका जिल्लाहरूमा ठुलो क्षति पुगेको बताएका छन् ।
यता, एसोसिएटेड प्रेसले सञ्चार मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कम्तीमा ८० जना घाइते भएको र हेरात–तोरघुन्डी राजमार्ग पहिरोका कारण बन्द भएको जानकारी दिएको छ ।
यसअघि सोही क्षेत्रमा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट कम्तीमा २ हजार ४४५ को मृत्यु भएको तालिबान अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण