एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान
काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन् । बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए । उनले भने, 'खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए । नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।'
यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण