मुस्ताङमा लेक लागेर चार दिनमा तीन जना पर्यटकको मृत्यु
पोखरा । मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो ।
मंगलबार श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उनलाई घासामा पुग्दा श्वास फेर्न समस्या भएको प्रहरीले जनाएको छ । रेवतीको लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रमुख भोज पाण्डेले जानकारी दिए । शव पोष्टमार्टमको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए ।
यस्तै, आइतबार पनि मुक्तिनाथमा भारतकै नागरिकको मृत्यु भएको छ । भारत तिलंगा बस्ने ६६ वर्षका जी सत्यनारायणलाई मुक्तिनाथमा श्वास प्रश्वासमा समस्या आएको थियो । उनको जोमसोम अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । उनको शव पनि पोष्ट मार्टम गर्न पोखरा ल्याइएको छ ।
प्रहरी प्रमुख पाण्डेका अनुसार गत शुक्रबार मुक्तिनाथ नजिकै झोङमा हाइकिङ गर्ने क्रममा युक्रेनी नागरिकको मृत्यु भएको थियो । ३५ वर्षकी अन्ना पनिनाको श्वास प्रश्वासमै समस्या आएर मृत्यु भएको पाण्डेले बताए ।
उनलाई श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल जोमसोम पुर्याइएको थियो । सोही दिन साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पनिनाको शव हेलिकोप्टर मार्फत काठमाडौँको शिक्षण अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण