मुस्ताङमा लेक लागेर चार दिनमा तीन जना पर्यटकको मृत्यु
पोखरा । मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो ।
मंगलबार श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उनलाई घासामा पुग्दा श्वास फेर्न समस्या भएको प्रहरीले जनाएको छ । रेवतीको लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रमुख भोज पाण्डेले जानकारी दिए । शव पोष्टमार्टमको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए ।
यस्तै, आइतबार पनि मुक्तिनाथमा भारतकै नागरिकको मृत्यु भएको छ । भारत तिलंगा बस्ने ६६ वर्षका जी सत्यनारायणलाई मुक्तिनाथमा श्वास प्रश्वासमा समस्या आएको थियो । उनको जोमसोम अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । उनको शव पनि पोष्ट मार्टम गर्न पोखरा ल्याइएको छ ।
प्रहरी प्रमुख पाण्डेका अनुसार गत शुक्रबार मुक्तिनाथ नजिकै झोङमा हाइकिङ गर्ने क्रममा युक्रेनी नागरिकको मृत्यु भएको थियो । ३५ वर्षकी अन्ना पनिनाको श्वास प्रश्वासमै समस्या आएर मृत्यु भएको पाण्डेले बताए ।
उनलाई श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल जोमसोम पुर्याइएको थियो । सोही दिन साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पनिनाको शव हेलिकोप्टर मार्फत काठमाडौँको शिक्षण अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा युवा सम्मेलन सुरु
-
एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी
-
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण
-
मुठभेडतर्फ संसद् : अरूलाई सदनमा बोल्नै नदिने कांग्रेसको नीति कति लोकतान्त्रिक ?
-
कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी