सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संयोजक पदमा सुपेन्द्र घिसिङको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

बिहीबार, २५ असोज २०८०, ११ : ५२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजक पदमा जापानबाट सुपेन्द्र घिसिङले उम्मेदवारी दिने भएका छन् । युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरणको उद्घोषसहित घिसिङले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको निर्वाचन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदै छ । 

उनले विश्वभरका एनसीसीका युवा संयोजकहरूसँग समन्वयन गर्दै युवाहरूलाई स्वरोजगार बनाउन युवा सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।  

यस्तै ज्ञान भएका तर पुँजीको अभाव भएका युवाहरूलाई रोजगारको सृजना गर्न एनसीसी तथा आइसीसीसँग समन्वय गरेर विषेश कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, औपचारिक शिक्षालाई ज्ञानमूलकभन्दा पनि सिपमूलक बनाउन एनएसीसीहरुमा परामर्श केन्द्रको अवधारणा बनाउने उनले प्रतिबद्धता जनाएका छन् । 

यसैगरी नेपालको विकासको लागि विदेशमा काम गरिरहेका ज्ञान सिप भएका युवाहरूलाई नेपालमा फर्किएर व्यवसायी बन्न आकर्षित गराउने कार्यक्रमको तर्जुमा गर्न सरकारसँग समन्वय गर्न पहल

गरिने उनको प्रतिबद्धता छ । 

यसैगरी एनआरएनए केन्द्रीय कार्यालयमा युवा स्वरोजगार परामर्श विभाग गठन गरी युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित र परिणाममुखी बनाउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएको छ । 

यस्तै स्वास्थ्य सचेतना कार्यक्रम अन्तरगत विदेश आएका युवाहरूलाई मानसिक तथा शारीरिक रूपमा सबल बनाउन कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । 

यसैगरी एनआरएनए स्पोर्टस एकेडेमीलाई व्यवस्थित सञ्चालनका लागि कार्य योजना तयार पारी कार्य गर्ने, नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिताहरूमा एनआरएनए टिम सहभागिता जनाउने व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

राष्ट्रको तर्फबाट प्रतियोगितामा सहभागी भई जित हासिल गर्ने खेलाडीहरूलाई उचित पुरस्कार एवं सम्मानको व्यवस्थाका लागि पहल गर्ने, युवाहरूको व्यक्तित्व विकासको लागि प्रत्यक्ष सरोकार राख्ने कार्यहरूमा प्रयोजनको लागि संस्थागत कोष स्थापन गर्ने, नेपाली भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि उक्त कोषको प्रयोग गर्ने प्रतिबद्धता पनि उनको भनाए छ ।  

नेपालमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘कम्तीमा एक विदेशीसहित नेपाल जाऔँ’ अभियान सञ्चालन गर्नेलगायतका प्रतिबद्धता उनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप