शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पुटिन पहिलोपटक विदेस भ्रमणमा

बिहीबार, २५ असोज २०८०, १२ : १७
बिहीबार, २५ असोज २०८०

बिस्केक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । 

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन । 
रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको बताएका छन् ।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको र यसै वर्ष युक्रेनको रुसले कब्जा गरेको भागमा भ्रमण गरेका थिए ।

अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ ।  यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो । 

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ ।  रोम विधानलाई एकसय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप