अदालतले पक्राउ पुर्जी जारी गरेपछि पुटिन पहिलोपटक विदेस भ्रमणमा
बिस्केक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।
युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन ।
रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको बताएका छन् ।
स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको र यसै वर्ष युक्रेनको रुसले कब्जा गरेको भागमा भ्रमण गरेका थिए ।
अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ । यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो ।
युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ । रोम विधानलाई एकसय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण