साइबर ठगीको शिकार भए बलिउड अभिनेता
मुम्बई । बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् ।
बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरीअनुसार आइतबार एक अज्ञात नम्बरबाट उनलाई मेसेज आएको थियो । मेसेजमा आफताबलाई उनको केवाईसी (नो योर कस्टमर) डिटेल्स अद्यावधिक गर्न भनिएको थियो जुन उनको बैंक खातासँग लिंक थियो । मेसेजमा केवाईसी अपडेट नगरे खाता निलम्बन हुने चेतावनी समेत दिइएको थियो । त्यसपछि आफताबले मेसेजसँग पठाइएको लिङ्कमा क्लिक गरेर बताइएको निर्देशन अनुसार कदमहरु पालना गरे ।
प्रोसेस सुरु गरेको केही समयपछि उनको मोबाइलबाट बैंक खाताबाट १ लाख ४९ हजार ९९९ रुपैयाँ काटिएको सन्देश आएको थियो । ठगी भएपछि आफताबले सोमबार आफ्नो बैंकका म्यानेजरसँग गुनासो गरेका थिए । म्यानेजरको सल्लाहअनुसार उनले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको जनाएको छ ।
आफताब पछिल्लोपटक डिज्नी प्लस हटस्टारको वेबसिरिज स्पेसल अप्सः१.५ मा देखिएका थिए । यसबाहेक उनी सन् २०२१ को कन्नड चलचित्र कोटीगोब्बा ३ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण