नेपालमा एम्पीयर इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन
काठमाडौँ । नेपालमा एम्पीयर इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन गरिएको छ । १८५९ मा स्थापित ग्रीभ्स कोटन एण्ड कम्पनीको अन्तर्गत रहेको एम्पीयर, उप-ब्रान्डले भारतभरि १ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरूसँग प्रभावशाली फलोअर्स प्राप्त गरेको छ।
सोहीअनुसार एम्पीयरले टेकुमा शोरुमको उद्घाटन गरेको हो । केडिया इन्टरनेशनलले नेपालमा एम्पीयरको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको छ। यो साझेदारीले नेपाली बजारमा एम्पीयरको आगमनमा भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली उपभोक्ताहरूका लागि दुई इलेक्ट्रिक स्कुटर मोडल,एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्स प्रस्तुत गर्ने तयारी गरेको छ।
एम्पीयरद्वारा प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरको मूल्य रु ३,७४,९९९ तोकिएको छ । यस्तै म्याग्नस ईएक्सको मूल्य २,९९,९९९ रुपैयाँ तोकेको छ । एम्पीयरका विद्युतीय स्कुटरहरू अब टेकु शोरुममा सहज रूपमा उपलब्ध हुनेछन् भने चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा आफ्नो उपस्थिति विस्तार कम्पनीको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
-
बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण