समाचार
२५३ जना नेपाली विद्यार्थी बोकेर जहाज इजरायलबाट उड्यो
बिहीबार, २५ असोज २०८०, १९ : ५०
काठमाडौँ । २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।
उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।
उक्त विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण