शान्ति सम्झौताका सहयात्रीमा शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखा पर्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन् ।
द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले "संक्रमणकालिन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो" विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले केही मान्छेहरूले द्वन्द्वका कारण सीमित व्यक्ति मात्रै पीडित भएका हुन् भन्ने गरी प्रचारमा लागेको बताए । उनले विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रयास गरी राखेको समेत बताए । उनले आफ्नो प्रयास हजारौँ नागरिकलाई न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गर्नु रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने,'शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रयास भइराखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोसिस भइराखेको छ । पछिल्लो समय सदनका बहस हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।'
उनले विभिन्न चुनौतिकाबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधान र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिवर्तनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताए ।
उनले भने,'मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन । पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।'
उनले आफूले महासभामा सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुर्याउन मदत गर्नुपर्ने धारणा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण