सिद्धार्थ बैंक लिमिटेड र उपाय बिजनेस सोलुशन्सबिच व्यावसायिक सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई (MSME) सहयोग गर्ने सम्झौता भएको छ ।
यस साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय बिजनेस सोलुशन्सको सेवा लिने छन् । यसबाहेक, उपायले व्यावसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । साथै उपायले बैंकका कर्मचारीहरूलाई व्यावसायिक÷ वित्तीय व्यवस्थापनमा क्षमता वृद्धि गर्न पनि मद्दत गर्नेछ ।
सिद्धार्थ बैंक, MSME बैंकिङ प्रमुख प्रदीप पन्त तथा उपाय बिजनेस सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै, सिद्धार्थ बैंक, MSME बैंकिङ प्रमुख, प्रदीप पन्तले भने, “सिद्धार्थ बैंक लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरू र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ।”
उपाय बिजनेस सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्य उद्यमीहरूलाई फलदायी हुने बताइन्
उनले थप भनिन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर व्यवस्थापन सम्बन्धी व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण