कोशी सरकार गठन प्रक्रियामा मौन बस्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको छ । सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।
बैठकमा कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावको विषयमा गम्भीर समीक्षा भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कोशीमा दुवै पक्षले बहुमत दाबी रहेकाले राप्रपाको आवश्यकता नभए निष्कर्ष निकालेको उनले बताए ।
‘कोशीको विकसित राजनीतिलाई लिएर पार्टीले गम्भीर समीक्षा गरेको छ । त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने सम्बन्धमा पनि मुल्याङ्न भएको छ’, उनले भने, ‘कोशीमा दुवै पक्षले बहुमत दाबी पेस गरेका छन् । त्यसमा राप्रपाले केही गर्नै परेन । हामीले पहिल्यैदेखि एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थियौं । त्यो अवस्था देखिएको छ । विश्वासको मत लिनेबेला हाम्रो आवश्यकता भयो भने त्यतिबेला सोचौंला ।’
सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनले राप्रपाको साथ खोजेको थियो । तर बिहीबार कांग्रेसको शेखर पक्षले विद्रोह गरेपछि राजनीति अर्कै मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण