तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, २६ असोज २०८०, ११ : २४
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण