सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

शुक्रबार, २६ असोज २०८०, १६ : ३९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे । उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनले स्पष्ट गरे ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप