निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।
उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे । उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनले स्पष्ट गरे ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण