दबाब, तनाव र चुनौतीमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझेँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए । उनले समाज भनेको राजनीतिमात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताए ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताए । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको बताए । उनले यात्राको सफलताको शुभकामना दिए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताए । उनले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताए । उनले राज्यले मानव सेवालाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले यसको सबै जिम्मेवारी व्यहोर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण