नाम मात्रको फ्री भिसा र फ्री टिकट
काठमाडौँ । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् ।
विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन । म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् । 'टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको ? हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो । विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,' सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए । सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो । बिदेसिने तयारीमा रहेका र म्यानपावरमा भेटिएका एक युवा साथीमार्फत त्यहाँसम्म आइपुगेको बताउँदै थिए ।
'धेरै पैसा लाग्दैन । साउदी अरेबियामा राम्रो काम छ भन्दै म्यानपावर सञ्चालकले भनेको थियो । विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ । भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात परेको छैन । म्यानपावरले टिकट र भिसा देखाउँदै पैसा मागेको छ,' उनले भने, 'मुखमा हालेको पहिलो गाँस नै निल्नु कि ओकल्नु भयो ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण