सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन उद्यमी शाहलाई एशिएन प्रोफेस्नल आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड

शनिबार, २७ असोज २०८०, १० : १४
शनिबार, २७ असोज २०८०

काठमाडौँ । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो ।

वेष्ट रिेसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत उक्त अवार्ड प्रदान गरिएको हो । 

आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटलरमोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् । 

सोल्टी होटलबाट आफ्नो व्यवासायिक यात्रा सुरु गरेका उनले ह्यात रेजेन्सी, समिट ग्रुप होटल एण्ड रिसोर्टमा काम गरे । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय बिताएका शाहले काठमाडौँको पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे ।  

पर्यटन उद्योगमा ठुलो योगदान पुर्‍याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित “वर्षको सबैभन्दा युवा महाप्रबन्धक“ पुरस्कार प्राप्त गरेका थिए । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप