सेजमा निर्यातलाई ३० प्रतिशत र जग्गा भाडादरलाई १० रुपैँयामा झार्ने तयारी छ : मन्त्री रिजाल
बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिशेष आर्थिक क्षेत्र सेजमा उत्पादन भएका वस्तुलाई ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई घटाएर ३० प्रतिशतमा झार्ने र जग्गाको भाडादर प्रति स्क्वायर मिटर २० रुपैयाँबाट १० रुपैँयामा झार्ने तयारी भएको बताएका छन् ।
बिशेष आर्थिक क्षेत्र सिमरा सेजको स्थलगत अनुगमनको क्रममा शनिवार उद्योगमन्त्री रिजालले सेजमा उद्योगीहरुको आकर्षण बढाउन निर्यातलाई ३० प्रतिशतमा र भाडादरलाई १० प्रतिशतमा झार्ने तयारी भएको बताएका हुन् ।
‘मर्मत खर्च बाहेक जग्गाको भाडा बढी लिएर काम छैन, जग्गाको भाडा दर हामीले प्रति स्क्वायर मिटर मासिक २० रुपैयालाई घटाएर १० रुपैयाँमा बनाएका छौै’ उद्योग मन्त्री रिजालले भने, ‘सेजमा उद्योगपतिहरुले रोजगार लगाए भने रोजगारी बढ्छ, कर संकलन हुन्छ, मुलुक समृद्घितिर जान्छ, केही प्रतिशत कर नगरपालिकालाई पनि जाला, यहाँको स्थानीयको जीवनस्तर पनि बढ्छ यस्मा सबै एक भएर लागौ’
मन्त्री रिजालले सेज भनेको बिशेष आर्थिक क्षेत्र भएकोले यहाँ हड्ताल गर्न नपाईने भएकोले सेज भित्रको सबै जग्गा सेजमा लैजाने कि औधोगिक क्षेत्रमा लाने भन्ने विषयमा छलफल गरेर टुंगाउने बताएका छन् । ‘सेजमा ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ, तर औधोगिक क्षेत्रमा त्यो लागू हुँदैन् ।’
मन्त्री रिजालले उद्योगपतिहरुलाई सजिलो हुनेगरी निर्णय गरेर अगाडी बढ्ने बताए । ‘यो चिनीमिलको जग्गालाई सदुपयोग गरौ, यसमा उद्योगधन्दा लगाउने उद्योगपतिहरुलाई आमन्त्रित गरेर सुविधाहरु दिउँ, योग्यता पुगेका स्थानीयहरुलाई रोजगारी दिउँ’ उनले भने, ‘प्राथमिकतामा सिमरा, वीरगञ्ज पर्ला तर भारतीय कामदार ल्याएर काममा हाल्न भएन, यसमा म पनि एकदम सचेत छु, यहाँका मान्छेले काम पाउनुपर्यो, नेपाली जनताले काम पाउनुपर्यो ।’
सेजको स्थलगत अवलोकन पश्चात मन्त्री रिजालले सेज सञ्चालनका लागि सरोकारवाला सबै निकायहरुको सहयोगको आवश्यकता पर्ने बताएका छन् । सो कार्यक्रममा पूर्वमन्त्री तथा बारा ४ का संघीय सांसद किसान श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट, जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी सहित वडाध्यक्ष र स्थानिय दलका प्रतिनिधिहरु सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण