प्रदर्शनको सुरुवातमा ‘परदेशी २’लाई दर्शकको साथ, कस्तो छ प्रतिक्रिया ?
काठमाडौँ । शुक्रबारबाट रिलिज फिल्म ‘परदेशी २’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो व्यवसाय गर्न सफल रहेको हो ।
फिल्मले शनिबार धेरै हलमा हाउस फूलको व्यवसाय गर्न समेत सफल भएको छ । फिल्मले व्यवसायमा मात्र राम्रो गरेको छैन, दर्शकको समीक्षा समेत राम्रो पाएको छ । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले फिल्म मन परेको प्रतिक्रिया समेत दिएका छन् । फिल्मले घरी हँसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीर बनाउने दर्शकहरूले बताएका छन् ।
शनिवार फिल्मको व्यवसाय शुक्रवारको तुलनामा दोब्बर भएको निर्माता राजेश बंशलले बताए । आइतबार पनि सार्वजनिक बिदा परेकोले फिल्मले राम्रो व्यवसाय गर्ने उनको अनुमान रहेको छ । दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्ममा दिन प्रतिदिन दर्शक बढ्ने निर्माता बंशल बताउँछन् ।
निर्देशक नारायण रायमाझीले दर्शकबाट पाएको साथ र प्रतिक्रियाले उत्साहित भएको बताए । उनले आफ्ना लागि आगामी दिनमा यो भन्दा राम्रो फिल्म दिनु पर्ने चुनौती समेत थपिएको धारणा राखे ।
उपत्यकामा मात्र नभएर शनिवार उपत्यका बाहिर बुटवल, पोखरा, नेपालगन्ज, चितवनका हलमा समेत फिल्मले राम्रो व्यवसाय गरेको छ । उपत्यका बाहिर पनि शुक्रबार भन्दा पनि शनिबार फिल्ममा दर्शक देखिएका छन् ।

शनिबार निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी काठमाडौँमा विभिन्न हलमा पुगेर दर्शकसँग फिल्मको प्रतिक्रिया समेत लिएका छन् । त्यस क्रममा केही दर्शकहरू कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरू उत्साहित रहेको अभिनेत्री वर्षाले बताइन् ।
फिल्ममा प्रकाश, केकी र वर्षाको अलवा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
राजेश वंशल र निर्देशक रायमाझी मिलेर फिल्म बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बनाएका थिए । दुवै फिल्म सुपरहिट साबित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण