लेबनानको हिजबुल्लाहद्वारा इजरायलमा मिसाइल प्रहार : एकको मृत्यु, थुप्रै घाइते
तेल अभिभ । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले दक्षिणी लेबनानबाट प्रहार गरेको एन्टिट्याङ्क मिसाइलले इजरायली गाउँ स्टुलालाई निशाना बनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो जानकारी दिइएको हो ।
टिभी च्यानलले आफ्नो टेलिग्राम पेजमा यस हमलामा गाईडेड मिसाइल प्रयोग गरिएको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले लेबनानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र कैयौँ घाइते भएको जनाएको छ । लेबनानको सिमाना नजिकै रहेको स्टुला गाउँमा ठूलो संख्यामा किसानहरू छन् । यो लेबनानको अता अल-शाब सहर नजिक छ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार इजरायलले पनि बदलास्वरूप लेबनानभित्र आक्रमण सुरु गरेको छ । इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै आक्रमणको यो घटनापछि देशको उत्तरी सीमाको चार किलोमिटर क्षेत्र बन्द गरिएको जनाएको छ । सेनाले आवतजावतमा प्रतिबन्ध लगाइएकोले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढै रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण