शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानको हिजबुल्लाहद्वारा इजरायलमा मिसाइल प्रहार : एकको मृत्यु, थुप्रै घाइते

आइतबार, २८ असोज २०८०, १५ : १५
आइतबार, २८ असोज २०८०

तेल अभिभ । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले दक्षिणी लेबनानबाट प्रहार गरेको एन्टिट्याङ्क मिसाइलले इजरायली गाउँ स्टुलालाई निशाना बनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो जानकारी दिइएको हो । 

टिभी च्यानलले आफ्नो टेलिग्राम पेजमा यस हमलामा गाईडेड मिसाइल प्रयोग गरिएको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले लेबनानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र कैयौँ घाइते भएको जनाएको छ । लेबनानको सिमाना नजिकै रहेको स्टुला गाउँमा ठूलो संख्यामा किसानहरू छन् । यो लेबनानको अता अल-शाब सहर नजिक छ। 

यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार इजरायलले पनि बदलास्वरूप लेबनानभित्र आक्रमण सुरु गरेको छ । इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै आक्रमणको यो घटनापछि देशको उत्तरी सीमाको चार किलोमिटर क्षेत्र बन्द गरिएको जनाएको छ । सेनाले आवतजावतमा प्रतिबन्ध लगाइएकोले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढै रहन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप