हनी सिंहको ‘देसी कलाकार’ को दोस्रो भाग रिलिज, ९ वर्षपछि सोनाक्षीसँग देखिए
मुम्बई । यो यो हनी सिंहको गीत ‘कालास्टार’ रिलिज भएको छ । यो गीत २०१४ मा आएको ‘देसी कलाकार’ को दोस्रो भाग हो ।
हनी सिंह र सोनाक्षी सिन्हा ९ वर्षपछि फेरि सँगै देखिएका छन् । ‘देसी कलाकर’ गीतलाई दर्शकले निकै रुचाएका थिए । यस्तो अवस्थामा यो गीतलाई दर्शकले कति रुचाएका छन्, त्यो हेर्नु रोचक हुनेछ । हनी सिंह जेलबाट बाहिर आएसँगै ‘कलास्टार’ गीतको सुरुवात हुन्छ । उनले आफ्नो साथीलाई सोनाक्षी सिन्हाको बारेमा सोध्छन् । जब साथीले सोनाक्षीको बिहे भई एम्स्टर्डममा रहेको बताउँछन्, हनी सिंह सिधै एम्स्टर्डम जान्छन्।
सोनाक्षी सिन्हा गुलाबी गाउन र फरी ओभरकोटमा ग्ल्यामरस देखिएकी छिन् । भिडियोमा सोनाक्षी श्रीमान्सँग रेष्टुरेन्टमा बसेकी देखिन्छिन् । सिंह सोनाक्षीलाई बन्दुकको नोकमा सबैको अगाडि त्यहाँबाट लैजान्छ। दुवै निजी जेट पुग्छन्। यो यो सोनाक्षीलाई उनी कहाँ जान चाहन्छिन् भनेर सोध्छन्।
सोनाक्षी भन्छिन्, ‘सात समुन्द्र पार, पोर्टो रिको।’ अन्त्यमा यो गीतको अर्को अध्याय पनि आउने निर्माताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण