सर्वोच्च अदालतले दसैँमा बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने
आइतबार, २८ असोज २०८०, १९ : २२
काठमाडौँ । सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।
शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सुनवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण