यही नै हो भने संघीयता खारेज गर्नुपर्छ : भीम रावल
आइतबार, २८ असोज २०८०, २२ : १४
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । देश जोगाउनका लागि अब संघीयता खारेज गर्नुपर्ने रावलले बताएका हुन् ।
कालापानीमा भारतको हस्तक्षेप हुँदा पिन सरकार मौन रहेको र कोशी प्रदेशमा कुरूप राजनीति देखिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण