बलिउड अभिनेत्रीको घरमा लुटपाट, दुई जना पक्राउ
सोमबार, २९ असोज २०८०, १५ : ०९
काठमाडौँ । बलिउड अभिनेत्री निकिता रावलको घरमा लुटपाट भएको छ । अक्षय कुमारको फिल्म ‘गरम मसाला’ मा अभिनय गरिसकेकी यी अभिनेत्रीलाई बन्दुक देखाएर नगद र गहना लुटपाट भएको हो ।
लुटपाटमा उनकै घरमा काम गर्दै आएका एक व्यक्तिसमेत संलग्न रहेको पाइएको छ । बांगुर नगर पुलिस स्टेसनका सिनियर इन्सपेक्टरले लुटपाटबारे उजुरी दर्ता भइसकेको र प्रमोद नाम गरेका एक आरोपित र उनका एक साथीलाई नियन्त्रणमा लिइसकेको जानकारी दिएका छन् ।
प्रमोद अभिनेत्री निकिताकै घरमा काम गर्दै आएका थिए । ‘मलाई विश्वास नै भइरहेको छैन कि मेरै घरमा काम गर्नेमध्ये एक जनाले यस्तो गरेको छ भन्नेमा,’ निकिता भन्छिन्, ‘दुःखको कुरा, मानिस कसरी पहिला विश्वास जित्छन् र पछि यो हदसम्म त्यसलाई दुरुपयोग गर्दछन् ।’
आफ्नो घरबाट साढे तीन लाख नगद र थुप्रै गहना लुटिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण