बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
बुटवल । बजेटप्रति सांसदहरूले असन्तुष्टि जनाएपछि प्रदेश सरकारले दलहरूबिच छलफल र सहमति जुटाउन समय माग गरेको छ ।
सरकारको आग्रहपछि लुम्बिनी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार दिउँसो ३ बजे बसेको प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गतको दशौँ बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको थियो । छलफलका क्रममा प्रतिपक्षसँगै सत्ता पक्षका केही सांसदहरूले समेत बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएका थिए । त्यसपछि बैठक प्रारम्भिक रूपमा आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
पछि बैठक पुनः सञ्चालनका लागि प्रदेश सरकारले दलहरूबिच सहमति जुटाउन थप समय आवश्यक रहेको जनाउँदै समय माग गरेपछि सभामुखको निर्देशनमा बैठक बुधबार असार १० गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा जारी सूचनामा प्रदेश सरकारबाट सहमति जुटाउन समय माग भएकाले पूर्वनिर्धारित कार्यसूचीअनुसार आगामी एघारौँ बैठक असार १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको उल्लेख गरिएको छ । उक्त सूचना लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३०) बमोजिम प्रकाशन गरिएको जनाइएको छ ।
यसअघि सोमबार बस्ने तय भएको प्रदेश सभा बैठक सांसदहरूले बजेटसँग सम्बन्धित ‘रातो किताब’ अध्ययन गर्न पर्याप्त समय नपाएको भन्दै स्थगित गरिएको थियो । सो बैठक मंगलबारका लागि सारिएको भए पनि आजको बैठकमा बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्ष तथा सत्ता पक्षका केही सांसदहरूले विरोध गरेपछि बैठक पुनः स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण