बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

सोमबार, २९ असोज २०८०, २१ : १४
सोमबार, २९ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।  

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भोलिबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप