‘टाइगर’बाट टाढिएर पनि एक्साइटेड छन् कबीर खान
काठमाडौँ । सलमान खानको टाइगर ३ को ट्रेलरले हंगामा मच्चाएको छ । रिलिज भएको २४ घण्टामै यो फिल्मको ट्रेलरलाई युट्यूबमा ४ करोड भ्यूज आएको छ भने १४ लाख लाइक्स मिलेको छ ।
सन् २०१२ मा टाइगर फ्रेन्चाइजीको पहिलो फिल्म एक था टाइगर रिलिज भएको थियो । सो फिल्मलाई कबीर खानले निर्देशन गरेका थिए । तर त्यसपछि उनी सो फ्रेन्चाइजीबाट अलग्गिए । दोस्रो फ्रेन्चाइजी टाइगर जिन्दा हेलाई अली अब्बास जफरले निर्देशन गरे ।
टाइगर आफूले सृजना गरेको भन्दै फिल्मको तेस्रो फ्रेन्चाइजीका लागि कबीर एक्साइटेड देखिएका छन् । ‘यो फ्रेन्चाइजीको फिल्म आउँदा म नर्भस हुन्छ । फिल्म कहिले रिलिज होला भनेर कुरेर बस्छु । यसपाली पनि हालत यस्तै छ । म नर्भस छुँ,’ उनले भनेका छन् । टाइगर३ मा इमरान हासमी पनि छन् । उनी यस फिल्ममा खलनायकको भूमिकामा छन् ।
टाइगर फ्रेन्चाइजीको सफलतापछि यशराज फिल्म्सले ‘स्पाई युनिभर्स’ बनाएको छ । तर यसमा कबीर खान छैनन् । एक था टाइगर आउँदा ‘स्पाई युनिभर्स’को कुनै योजना थिएन । न त आदित्य चोपडाले यसबारे उनलाई केही कुरा भनेका थिए । तर नयाँ नयाँ फ्रेन्चाइजीमा उनले मौकै पाएनन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण