पोखरामा ७५ किलोको खसीले पायो १० हजार पुरस्कार
पोखरा । पोखरा २८ सौर्यकी डिलु खनालले बाख्रा पालेर पुरस्कार पाउँला भन्ने कहिल्यै सोचेकी थिइनन् । उनको खोरमा भएको खसीले मंगलबार १० हजार पुरस्कार जितेको छ ।
दसैँको अवसरमा पोखरा महानगरले सौर्यमा खसीबोका प्रदर्शनी र बिक्री कार्यक्रम गरेको थियो । डिलुले पालेको खसी गाउँभरिमै सबैभन्दा अब्बल साबित भयो । उक्त खसी ३० धार्नी अर्थात ७५ किलोको थियो ।
पोखरा २८ सौर्यमा मंगलबार किसानले पालेका खसीबोकाको प्रदर्शनी र बिक्री गरिएको हो । यो वर्ष १ सय ७५ खसीबोका किसानले बजारमा प्रदर्शनीका लागि ल्याएका थिए । पोखराले सौर्य क्षेत्रमा बाख्रा पकेट कार्यक्रम चलाएको छ । पकेट कार्यक्रम सञ्चालन भएपछि अहिले त्यस क्षेत्रमा किसानहरु बाख्रापालनमा आकर्षित भएका पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
स्थानीय प्रकाश रमण अधिकारी दोस्रो, बुद्धीबहादुर तिम्सिना तेस्रो र नारायण लामिछाने सान्त्वना भए । उनीहरुलाई नगद १० हजार, ८, ६ र ४ हजार पुरस्कार दिइएको छ । प्रदर्शनीमा एकै घरबाट ५ भन्दा बढी खसीबोका ल्याउनेलाई पनि पुरस्कार प्रदान गरिएको छ । १२ जना त्यस्ता किसानलाई जनही २ हजारका दरले प्रोत्साहन रकम दिइएको हो । खसीबोका ल्याउने सबै किसानले नगद १ हजार पाएका छन् । सर्वोत्कृष्ट भएकी किसान डिलुले ४३ वटा बाख्रा पालेकी छिन् ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पोखरा महानगर र वडा कार्यालयको समन्वयमा खसीबोका प्रदर्शनी गरिएको उनले बताए । ‘किसानलाई किसानी पेसामा टिकाइराख्न यस्ता मेलाले राम्रो टेवा पुग्छ । उहाँहरुले हुर्काउनुभएको खसीबोका प्रदर्शन गरेर पुरस्कृत गर्ने कामको थालनी गरेका हौँ,’ उनले भने । मंगलबार प्रदर्शनीसँगै ६० वटा खसीबोका बिक्री समेत भएको छ ।
कार्यक्रममा मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति सम्भव नहुने भएकोले पोखरा महानगरले किसानलाई उत्साही बनाउने कार्यक्रममा जोड दिएको बताए । उनले अर्को वर्षदेखि पोखराभरिका किसानका खसी बोका प्रदर्शनी केन्द्रमा प्रदर्शनका लागि व्यवस्था मिलाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण