जिप मेरिडियनको डेलिभरी सुरु
काठमाडौँ । नेपालका लागि अमेरिकी एसयुभी ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो ।
जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड ९ओ० मात्र उपलब्ध हुनेछ जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ ।
यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।
‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फर्स्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ,’ एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं ।’
मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् ।
साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण