एनआरएनएको चुनावमा श्रमिक डेलिगेट्सहरु एकजुट, आन्तरिक सर्कुलर गरिए नमान्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्मालाई मध्यपूर्व र त्यसबाहिर विश्वभरका श्रमिक पृष्ठभूमिका डेलिगेट्सहरुले समर्थन गरेका छन् । यस्तै कांग्रेस निकट जनसम्पर्क समितिका कतिपय अभियन्ताहरुले समेत शर्माकै पक्षमा तीव्र लबिङ गरिरहेका छन् ।
पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै श्रमिक पृष्ठभूमिका डेलिगेट्सहरु एकजुट देखिएका हुन् । शर्माको पक्षमा महाधिवेशनस्थल होटल सोल्टी क्षेत्रमा समेत चहलपहल र लबिङ भइरहेको देखिन्छ । जसका कारण आरकेको पक्षमा राम्रो माहोल बनेको दाबी गरिएको छ ।
श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारको उम्मेदवार आरके शर्मा भएकाले यो निर्वाचनमा फरक खालको दृश्य देखिएको एनआरएनए अभियन्ताहरू बताउँछन् । ‘एक हिसाबले भन्ने हो भने एनआरएनएको चुनावमा संसारभरका श्रमिक वर्ग पार्टीभन्दा माथि उठेको देखिन्छ’ ती अभियन्ताले भने । अर्का अभियन्ताले राजनीतिक पार्टीले कसैको नाममा सर्कुलर जारी गरे पनि त्यो नमान्ने ठाउँमा श्रमिकहरू पुगेको बताए । यसबारे सर्कुलर गरिएमा त्यसलाई नमान्ने कतारसहितका कतिपय देशका राजनीतिक दलका शुभेच्छुक सङ्गठनले पार्टीलाई बताइसकेका छन् । उनीहरूले आरकेको टिम राजनीतिक, जातीय, क्षेत्रीय भेगीय सबै हिसाबले समावेशी टिम भएकाले उनलाई निर्वाचित गराउन लागिपर्ने बताएका छन् । शर्माले आफूलाई सबै राजनीतिक दलहरूको सहयोग रहेको बताएका छन् ।
कांग्रेसबाट महेश श्रेष्ठ र एमालेबाट बद्री केसी उम्मेदवार भए पनि शर्मालाई एमाले र कांग्रेसभित्रकै ठुलो पंक्तिको साथ रहेको छ । जसको उदाहरण शर्माको टिममा रहेका राज रेग्मी, शशिकान्त पौडेल, प्रवीन गुरुङ, मनोज श्रेष्ठसहितका उम्मेदवार रहेको अभियन्ताहरूको भनाइ छ । शर्मालाई माओवादी निकट भनिएपनि उनको टिममा कांग्रेस निकटका ६० प्रतिशत भन्दा बढी उम्मेदवार रहेको बताइएको छ ।
उसो त कांग्रेसका उम्मेदवारहरु चारतिर बाँडिएका छन् । जसका कारण कांग्रेसलाई टाउको दुखाइको विषय बनेको अभियन्ताहरू बताउँछन् । उसो त कांग्रेसकै एउटा समूहले रविना थापालाई समर्थन गरेको छ ।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने