शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफद्वारा दसैँलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

बुधबार, ०१ कात्तिक २०८०, १५ : १०
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ ।  नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । 

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ  । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस  हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । 

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।  दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको कम्पनीको भनाइ छ । 

यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप