नेपाल लाइफद्वारा दसैँलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।
हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण