आफ्नै बिहेमा मागेको कपडा लगाउने सुपर स्टार
नयाँ दिल्ली । पछिल्लो समय फिल्म स्टार र सेलिब्रेटीहरुबीच बिहे वा पार्टीमा सबैभन्दा महँगो गरगहना र कपडा कसले लगाउने भन्ने होडबाजी चलेको छ । आफ्नो बिहेको एउटै पहिरनमा लाखौं करोडौं रुपया खर्च गर्नेहरु पनि छन् ।
सेलिब्रेटी मात्रै होइन सर्वसाधारणमा पनि यो प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालको यो युगमा कुनै पार्टीमा एक पटक लगाएको लुगा अर्कोमा लगाउन लाज मान्ने वा अरुले लगाएको देख्दा खिस्याउनेको जमात पनि भेटिन्छ । ७० र ८० को दशकमा हिन्दी सिनेमाकी चर्चित अभिनेत्री जिनत अमानलाई अहिलेको युवा पुस्ताको यो बानी फिटिक्कै मन परेको छैन ।
‘मैले आफ्नै बिहे मागेको कपडामा टारेकी थिँए ,’ इन्ष्टग्रामको एक पोष्टमा अमानले भनेकी छिन् । अमानले आफ्नो बिहे भागेर सिंगापुरमा गरेकी थिइन् । बिना तामझाम गरिएको यो बिहेमा बेहुला बेहुलीबाहेक २ जना मात्रै थिए । जुनसुकै पार्टीमा जाँदा उनी प्रायः मागेरै लगाएको कपडा र गहनामा पुग्थिन् ।
अमानले लगाउने हरेक फेन्सी ड्रेस कोही न कोहीसँग सापटी मागिएको हुन्थ्यो । अहिलेको पुस्तामा अरुलाई देखाउनकै लागि आफ्नो बुताले भ्याउन भन्दा धेरै खर्च गरेर नयाँ कपडा किन्नेहरु पनि छन् । घाँटी हेरेर हाड निल्न अमानले युवा पुस्तालाई आग्रह गरेकी छिन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण