विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री कार्की काठमाडौँमा
काठमाडौँ । कोशी प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन् । बुधबार कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिएलगत्तै सोही दिन साँझ कार्की काठमाडौँ आएका हुन् ।
काठमाडौँ ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् । उनले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भेटेर कोशीको अवस्थाबारे जानकारी गराइसकेका छन् ।
नयाँ समिकरणअनुसार मुख्यमन्त्री बनेका कार्की सरकार विस्तारबारे दबाबमा छन् । सुरुमै एमालेका एक मन्त्री नियुक्त गरेका कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकारमा सहभागी गराएकोमा रुचाएको छैन । बुधबार नै कोशी माओवादी संसदीय दलका नेता इन्द्र आङबोले एमाले सरकारबाट बाहिरिनुपर्ने भनेर दिएको अभिव्यक्तिबाटै पनि कोशीमा एमाले बाहेकको सरकार बनाउनुपर्छ भन्ने गठबन्धनको धारणा हो भन्ने बुझ्न सकिन्छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दसैँ अघि नै कोशी प्रदेश सरकार विस्तार गर्ने सहमति भएको बताए । ‘शुक्रबार मन्त्रिमण्डल विस्तार गरेर सफत समेत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, एमाले नेता कार्कीले भने, ‘तर खै किन हो उहाँ (मुख्यमन्त्री) काठमाडौँ जानुभएछ ।’
संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नियुक्त मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । कार्कीलाई नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसदले मत दिएका थिए । राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण