पोखरामा दसैँ लक्षित बजार अनुगमन : ८ वटा मासु पसल चेक गर्दा ४ बदमासी
पोखरा । पोखरामा दसैँ केन्द्रित मासु पसल अनुगमन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले बिहीबार ८ वटा मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ४ वटा पसलले बदमासी गरेको भेटिएको छ । उनीहरुलाई ५ देखि २० हजारसम्म जरिवाना गरिएको अनुगमन टोलीका सदस्य भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार एकै दिनको अनुगमनमा ६५ हजार जरिवाना गरिएको छ ।
ती पसलबाट १२ हजार ६ सय को मासु नष्ट गरिएको उनले बताए । पोखरा ७ मा रहेको सेभेन स्टार फुड एन मार्ट, पोखरा ६ को पोखरा मिटमार्ट र पोखरा १७ को फ्रेस हाउसलाई प्रति पसल २० हजारका दरले जरिवाना गरिएको छ । पोखरा १७ कै इम्रान फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको छ ।
पोखरा–१७ मा रहेको फ्रेस हाउसले मासु, फलफूल, तरकारी, दुग्धजन्य वस्तु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुज्रेका सामान बेचेको भेटिएको थियो । यता पोखरा मिट मार्टले लेवल नखुलेको बट्टाई र बंगुरको मासु प्याकिङ गरेको तथा अन्य सामग्री सँगै राखेर बेचेको भेटिएको थियो । नापतौलमा किलाकाँटा पनि दर्ता नगरेको, पसल सञ्चालनका लागि महानगरबाट अनुमति नलिएको, बहाल कर नतिरेको कारण चर्को जरिवाना गरिएको हो ।
सेभेन स्टार फुड एण्ड मार्टमा म्याद गुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नवीकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको लगायत समस्या भेटिएको थियो । इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुखुरा, बंगुरलगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री गरेको पाइएको थियो । पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस, शुभ दाङ भ्याली फ्रेस हाउस, न्यु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नवीकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको र सरसफाइमा ध्यान दिनुपर्नेमा सचेत गराइएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा खटिएको टोलीमा प्रदेश र पालिका तहका कर्मचारीहरु सहभागी थिए । टोलीले हालसम्म ४५ वटा विभिन्न पसलमा अनुगमन गरेर २० वटा लाई जरिवाना र सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण