बंगलादेशले भारतलाई दियो जितका लागि २५७ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा बंगलादेशले आयोजक राष्ट्र भारतलाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ । पुणेमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५६ रन बनायो ।
बंगलादेशले पालीको गतिलो सुरुआत गरेको थियो । तान्जिद हसन र लिट्टन दासले ओपनिङ विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका तान्जिद हसनले ५१ रन बनाए ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका तान्जिद हसनले केवल ४३ बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का ओपनर लिट्टन दासले पनि टोलीका लागि ६६ रनको योगदान गरे । उनले ८२ बलमा सात चौका पनि हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसेन सान्तो आठ रन बनाउँदै पेभेलियन फर्किए भने मेहिदी हसन मिराज पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले ३८ रन बनाए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ४६ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।
मोहम्मद मोहमदुल्लाहले पनि टोलीको खातामा ४६ रनको योगदान गरे । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले ३६ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । नसुम अहमद १४ रन बनाउँदै आउट भए ।
भारतीय टोलीका बलर रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले दुई—दुई विकेट लिए । सार्दुल ठाकुर र कुलदिप यादबले पनि एक—एक विकेट हात पारे । जारी विश्वकपमा भारत र बंगलादेशले चौथो खेल खेलेका हुन् ।
भारतले हालसम्म खेलेको तीनवटै खेलमा जित हासिल गरेको छ । बंगलादेशले भने एक जित र दुई हारको नतिजा निकालेको छ । भारतका अतिरिक्त आफूले खेलेका सबै खेल जित्ने एकमात्र राष्ट्र न्युजिल्यान्डमात्र हो । न्युजिल्यान्डले खेलेको चारवटै खेलमा जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण