दोस्रो सातामा ‘परदेशी २’
काठमाडौँ । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यवसाय गरेको फिल्मले दोस्रो साता पनि राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।
निर्माता राजेश बंशलका अनुसार फिल्मले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । फिल्मले अहिले पनि राम्रो व्यवसाय गरिरहेको उनले जानकारी दिए ।
प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । राजेश बंशल र निर्देशक रायमाझीको निर्माण रहेको फिल्म उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको हो ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्म रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण