खादा–माला बापत उठेको ६ लाख २६ हजार रुपैयाँ मन्त्री किरातीले विद्यालयलाई बुझाए
भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा–माला बापद उठेको रकम स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए ।
सोही दानपेटीकामा जम्मा भएको ६ लाख २६ हजार रुपैयाँ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको अम्चोक गाउँपालिका ९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका हुन् ।
आफू मन्त्री भएको दुई दिन अघि पोखराको सेती खोचमा यती एयरको जहाज दुर्घटनामा परी ७२ जनाको मृत्यु भएका कारण शोक मनाएका मन्त्री किरातीले खादा माला बापत शुभेच्छुकहरुले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
१३ गतेसम्म जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक कृषकहरूसँग मैयुङ डाँडामा मनाउने उनको सचिवालयले जनाएको छ । आफू जिल्ला भ्रमणमा रहँदा स्कर्टिङ तथा स्वागत गेट समेत नबनाउन मन्त्री किरातीले जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।
यस्तै यस पटकबाट कुनै पनि औपचारिक कार्यक्रमहरूमा समेत मञ्चमा न बस्ने र आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई नभएर ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाउन उनले आग्रह गरेका छन् । कार्यक्रमहरूमा अतिथिसमेत दर्शक दीर्घामा नै राख्न उनले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण