प्रधानमन्त्री प्रचण्डद्वारा एनआरएनए निर्वाचनबारे चासो, समापन समारोहमा सहभागी नहुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् । एक पक्षले एनआरएनएको निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएर विवाद उत्पन्न भएसँगै प्रधानमन्त्रीले विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने निर्णय लिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपछि एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए ।
असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो ।
तर, गएराति सम्पन्न निर्वाचनमा भेरो नामक अनलाइन भोटिङ सिस्टम ह्याक गरेर अध्यक्षको दोस्रो कार्यकालका उम्मेदवार बनेका बद्री केसीले आफ्नो पक्षमा नतिजा देखाएका दुई उम्मेदवारहर आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन खारेज गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग समेत गरेका छन् ।
गएराति सार्वजनिक नतिजाअनुसार बद्री केसी विजयी भएका थिए भने आरके दोस्रो र महेश श्रेष्ठ तेस्रो भएका थिए । नतिजालगत्तै धाँधली भएको भन्दै पराजित उम्मेदवारको पक्षमा समर्थकले निरन्तर नाराबाजी गर्दै आएका छन् ।
यसैबीच नतिजापछि एनआरएनएको एक टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । भेटका क्रममा प्रधानमन्त्रीले धाँधलीबारे चासो राख्दै सबै पक्षसँग बुझेर आवश्यक कदम चाल्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण