आत्मविश्वासी नेदरल्याण्ड्स र संघर्षरत श्रीलंका भिड्दै
लखनउ । एकदिवसीय विश्वकप २०२३ मा आज अर्थात शनिबार डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०:४५ बजेबाट सुरु हुनेछ।
विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबिचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । तर, यी दुई टोलीबीच एकदिवसीयमा ५ खेल भएका छन् । सबै खेल श्रीलंकाले जितेको थियो । दुई टोलीबीचको अन्तिम खेल जुलाईमा विश्वकप छनोटका क्रममा भएको थियो । जसमा श्रीलंका १२८ रनको ठूलो अन्तरले विजयी भएको थियो ।
शानाका आउट, मेन्डिसमा जिम्मेवारी
श्रीलंकाका कप्तान दासुन शनाका घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा आजको खेलमा पनि कुसल मेन्डिसले कप्तानी गर्नेछन् ।
मेन्डिसले यो विश्वकपमा टोलीका लागि सबैभन्दा बढी रन बनाएका छन् । उनले ३ खेलमा २०७ रन बनाएका छन् । उता, दिलशान मदुशंकाले सर्वाधिक विकेट लिएका छन् । स्पिनर नचल्नु टोलीका लागि चिन्ताजनक छ। टोलीका स्टार स्पिनर महिश तिक्षानाले २ खेलमा १ विकेट र दुनिथ भेलालाघेले २ विकेट मात्रै पाएका छन् ।
उता नेदरल्याण्ड्सको टोलीले पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा ठूलो उलटफेर गरेको थियो । टोलीका अलराउन्डर बास डी लीडेले विश्वकपमा नेदरल्याण्ड्सका लागि अहिलेसम्म सबैभन्दा बढी विकेट लिएका छन् । स्कट एडवर्ड्सले टोलीका लागि सबैभन्दा धेरै रन बनाएका छन् ।
मौसम अवस्था
दिनको समयमा तापमान ३१ डिग्री सम्म जान सक्छ। दिनभर घाम लाग्ने छ। पानी पर्ने सम्भावना छैन ।
पिच रिपोर्ट
दक्षिण अफ्रिकाले केही दिन अघि मात्रै यहाँ ३सय ११ रन बनाएको थियो । दिनको समयमा पिच बाउन्स र टर्न हुन्छ। बल राति ब्याटमा छिटो आउँछ। फास्ट बलरहरूले यी अवस्थाको फाइदा उठाउन सक्छन्। टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण