शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

शनिबार, ०४ कात्तिक २०८०, ११ : ५२
शनिबार, ०४ कात्तिक २०८०

फिनल्याण्डको प्रविधि कम्पनी नोकियाले विश्वभरबाट १४ हजार कर्मचारी कटौती गर्ने भएको छ । फिनल्याण्डको टेलिकम जायन्टको पहिचान बनाएको नोकियाले सन् २०२६ सम्ममा ९ देखि १४ हजार कर्मचारी कटौतीको योजना बनाएको हो ।

कम्पनीका अनुसार चालू वर्षको जुलाई र सेप्टेम्बरकोबीचमा बिक्री २० प्रतिशतले खुम्चिएको छ । खासगरी उत्तर अमेरिकामा फाइभजी इन्टरनेटको उपकरणको मागमा कमी आउँदा बिक्री खुम्चिएको जनाएको छ ।

हाल नोकियाको विश्वभरमा ८६ हजारभन्दा धेरै कर्मचारी छन् । यसअघि सन् २०१५ मा कम्पनीले हजारौं रोजगारी कटौती गरेको थियो । ९ देखि १४ हजार कर्मचारी कटौती गर्नुको मुख्य लक्ष्य ८०० देखि १.२ बिलियन बेलायती युरो खर्च घटाउनु रहेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भविष्यमा क्लाउड कम्प्यूटिङ र एआईमा ठुलो लगानी चाहिने भएकाले कर्मचारीतर्फ जाने खर्च कटौती गर्ने बताए । कम्पनीले सन् २०२४ मा ४०० मिलियन र सन् २०२५ मा थप ३०० मिलियन युरो खर्च घटाउने लक्ष्य तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप