बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया
फिनल्याण्डको प्रविधि कम्पनी नोकियाले विश्वभरबाट १४ हजार कर्मचारी कटौती गर्ने भएको छ । फिनल्याण्डको टेलिकम जायन्टको पहिचान बनाएको नोकियाले सन् २०२६ सम्ममा ९ देखि १४ हजार कर्मचारी कटौतीको योजना बनाएको हो ।
कम्पनीका अनुसार चालू वर्षको जुलाई र सेप्टेम्बरकोबीचमा बिक्री २० प्रतिशतले खुम्चिएको छ । खासगरी उत्तर अमेरिकामा फाइभजी इन्टरनेटको उपकरणको मागमा कमी आउँदा बिक्री खुम्चिएको जनाएको छ ।
हाल नोकियाको विश्वभरमा ८६ हजारभन्दा धेरै कर्मचारी छन् । यसअघि सन् २०१५ मा कम्पनीले हजारौं रोजगारी कटौती गरेको थियो । ९ देखि १४ हजार कर्मचारी कटौती गर्नुको मुख्य लक्ष्य ८०० देखि १.२ बिलियन बेलायती युरो खर्च घटाउनु रहेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भविष्यमा क्लाउड कम्प्यूटिङ र एआईमा ठुलो लगानी चाहिने भएकाले कर्मचारीतर्फ जाने खर्च कटौती गर्ने बताए । कम्पनीले सन् २०२४ मा ४०० मिलियन र सन् २०२५ मा थप ३०० मिलियन युरो खर्च घटाउने लक्ष्य तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण