राष्ट्रपतिद्वारा उपत्यकाका शक्तिपीठहरुको दर्शन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजा अर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो थियो । त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजा अर्चना गरेर महाष्टमी मनाइएको छ ।
यसअघि आज बिहान राष्ट्रपतिले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण