शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यपश्चिम विविले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

मङ्गलबार, ३० जेठ २०७४, १० : ०४
मङ्गलबार, ३० जेठ २०७४

सुर्खेत -यहाँको ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको बताएको छ । 

विश्वविद्यालयले बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको छ । 

विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति उत्पादन तथा परिपूर्ति गर्न स्तरीय निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।  

सम्बन्धन नीति–२०७३ र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्द्वारा पारित कायविधि–२०७४ को अधिनमा रही उक्त कार्य अघि बढाइएको छ । 

मल्लका अनुसार “सरकारले १८ मध्ये १० वटा क्याम्पसलाई यसअघि नै स्वीकृति गरिसकेको छ, उक्त स्वीकृति पुँजीगत मात्र भएकाले दरबन्दीसहितको प्रक्रिया पूरा गर्न अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत विश्वविद्यालयले आवश्यक गृहकार्य गरिरहेको छ ।” 

मध्यपश्चिमका १८ वटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन सङ्काय सञ्चालनका लागि पनि निजी शैक्षिक संस्थालाई मान्यता दिन लागेको हो । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप