बढ्यो भारततर्फ बिजुली निर्यात, तीन महिनामै साढे ९ अर्ब आम्दानी
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भारततर्फ उल्लेख्य रुपमा बिजुली निर्यात भएको छ । चालु वर्षको साउनदेखि असोज महिनासम्ममा नेपाल विद्युत प्राधिकरणले साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा उल्लेख्यरुपमा भारततर्फ बिजुली निर्यात गरेको छ । चालु वर्षको असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ ।
एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीका लागि पनि अनुमति दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।
नेपालले आर्थिक वर्ष २०७६/७७ देखि दुई वटा आयोजनामार्फत उत्पादित ३९ मेगावाट बिजुली भारत बेच्न सुरु गरेको थियो । त्यसयता निरन्तरको प्राधिकरणको पहलपछि हाल ६३२ मेगावाट बिजुली बेचिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।
उक्त घोषणा नेपाल र भारतको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । दुवैतर्फका मन्त्रिपरिषद्ले गरेको घोषणासँगै काठमाडौंमा दुईपक्षीय सम्झौताको तयारी समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण