काठमाडौँमा दुई जना मृत अवस्थामा फेला
शनिबार, ११ कात्तिक २०८०, १६ : ४५
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँको टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ४९ वर्षीय दीपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँ महानगरपालिका-१५ बिजेश्वरी डेरा गरी बस्ने दोलखा वैतेश्वरी गाउँपालिका-१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता दार्चुलाको महाकाली नगरपालिका-४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली कोरिडोर छेउमा सोही नगरपालिका-४ डेरा गरी बस्ने दुहुँ गाउँपालिका-२ हिकिला घर भएका ३५ वर्षीय जय राम टमटा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण