सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

सराय खेल्दै र नाच्दै दसैँलाई बिदाइ, तस्बिरहरु

शनिबार, ११ कात्तिक २०८०, १८ : ०६
शनिबार, ११ कात्तिक २०८०

 मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

पाल्पा । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दसैँलाई बिदा गरिएको । पाल्पा बाहेक गुल्मी, अर्घाखाँची, प्युठान साथै स्याङ्जाको केही भागमा सराय नाच नाच्ने चलन छ । दसैँको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर यो नाच नाचिन्छ । सराय खुँडा, खुकुरी, भाला, तरबार जस्ता घरेलु हतियार प्रयोग गरेर नाचिने रमाइलो र साहसिक खेल हो । सरायलाई महोत्सव कै रूपमा लिने चलन छ । 

saraya (12)

फरक, फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सराय खेल्ने र नाच्ने गरिन्छ ।जिल्लाकै पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका गाविसमा फूलपाती दसैँघरमा लागि विसर्जन गर्ने सराय खेलिन्छ । अष्टमी, नवमी र दशमीको दिनमा तरबार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गरिन्छ । 

saraya (11)

कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउँदै परिक्रमा गर्ने चलन रहेको चलन छ । अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरबार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । अग्ला कोट, देवीका मठमन्दिरमा देवीको पूजाआजा र भजन–कीर्तनसँगै सराय खेल्ने गरिन्छ । पञ्चेबाजाको तालमा खुकुरी, खुँडा, तरबार नचाउने र खेल प्रदर्शन गरेका थिए । हतियार प्रयोग गरिने भएकोले यसलाई साहसी र रमाइलो खेलको रूपमा समेत लिने गर्छन् । 

 घटस्थापनादेखि पूजा आजा गरिएको देवीको मन्दिरको फूलपाती टिका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ । यसरी सेलाएपछि यस वर्षको दशैलाई समेत बिदा गरिने र एक वर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ ।

saraya (1)saraya (2)saraya (3)saraya (4)saraya (5)saraya (6)saraya (7)saraya (8)saraya (9)saraya (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप