भारतमा 'सिक्स जी' अनुसन्धान ल्याब खोल्दैछ एरिक्सन
नयाँ दिल्ली । स्वीडिश बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सनले भारतमा सिक्स जी अनुसन्धान ल्याब खोल्ने भएको छ । कम्पनीले शनिबार बताएअनुसार चेन्नईमा सिक्स जीको लागि अनुसन्धान तथा विकास केन्द्र स्थापना गरिनेछ । कम्पनीले अहिलेसम्म विश्वभर जम्मा तीन वटा मात्रै आरएन्डडी केन्द्र खोलेको छ ।
पहिलो स्वीडेनमा, दोस्रो अमेरिका र तेस्रो भारतमा छ । भारतमा अहिले सानो आकारको केन्द्रलाई बढाएर ठुलो बनाउन लागिएको बताइएको छ । यो महिनाको सुरुमा फिनिस दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले पनि भारतमा सिक्स जी ल्याब खोलेको थियो । सञ्चार माध्यमहरूमा छापिएका समाचारअनुसार नोकियाले आईआईएससी र आईआईटीज जस्ता संस्थाहरुसँग सहकार्य गर्ने छ ।
स्थानीय स्तरमा सिक्स जी प्रविधिको विकासका लागि हालै मात्र भारत सरकारले सिक्स जी भिजन दस्ताबेजको घोषणा गरेको थियो । पछिल्लो समय दूरसञ्चार कम्पनीहरूले भारतलाई कृत्रिम बौद्धिकता र सिक्स जी जस्तो प्रविधिका लागि अनुसन्धान गर्ने थलो बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण