पत्रपत्रिका
असोजमा ५६ हजार युवा बिदेसिए
सोमबार, १३ कात्तिक २०८०, ०५ : ४१
काठमाडौँ । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् ।
साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्रेतीले दिए । भदौमा ५० हजार आठ सय ८४ जना युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण