अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्वपूर्ण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमा झापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिर्तामोडमा आइतबार आयोजित अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले लगानी भित्र्याउन आवश्यक पर्ने कानुन निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताए । झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमा भन्दा पनि दिगो विकासका क्षेत्रमा काम गर्न उनले आग्रह गरे ।
कार्यक्रमका वक्ताहरूले झापाको विकास र समृद्धिका लागि विभिन्न मुलुकमा रहेका झापालीमार्फत लगानी भित्र्याउनुपर्नेमा जोड दिएका छन् । समृद्ध झापा निर्माणमा विश्वभरि छरिएका झापालीहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएका उनीहरूले आफूहरूको लगानी सुरक्षित हुनुपर्ने शर्त राखेका छन् ।
हाल विश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमा लगानी गर्न आफूहरू तत्पर रहेको उनीहरूको भनाइ थियो । समाजको महाधिवेशनका अवसरमा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एकरएक थान एम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चाबी मुख्यमन्त्री कार्कीले हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण